Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बलिउड कलाकार भट्ट र अर्जुन कपुर पनि क्वारेन्टाइनमा

    बलिउड कलाकार भट्ट र अर्जुन कपुर पनि क्वारेन्टाइनमा

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 2.9K
    SHARES

    चीनबाट सुरु भइ महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणले भारतको हास्य तथा बलिउड क्षेत्रमा समेत प्रभाव पारेको छ। समाचार अनुसार कोरोना भाइरसकै कारण बलिउडका धेरै फिल्मको सुटिङ रोकिएका छन् भने टिभी शोका सुटिङहरु पनि स्थगित गरिएका छन्।

    भारतमा एक सयभन्दा बढीमा संक्रमण देखिएसँगै वलिउड नायिका आलिया भट्ट र नायक अर्जुन कपुरले पनि क्वारेन्टाइनमा रहेको सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक गरेका छन् ।



    आलियाले ट्विटरमा फोटो पोष्ट गर्दै आफू क्वारेन्टाइनमा रहेको जानकारी गराएकी हुन् । उनले ट्विटरमा क्वारेन्टाइनमा रहेको र फिटनेसलाई निरन्तरता दिइरहेको भन्दै फोटो पोष्ट गरेकी हुन् ।



    त्यस्तै अभिनेता अर्जुन कपुरले पनि तेस्रो दिनको सेल्फ क्वारेन्टाइन भन्दै इन्स्टाग्राममा फोटो सेयर गरेका छन् । बेलायतबाट श्रीमानसँग आजै भारत फर्किंदै गरेकी नायिका सोनम कपुर पनि सेल्फ क्वारेन्टाइनमा बस्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको विश्वव्यापी प्रकोप तीव्र हुँदै गएपछि कलाकारहरूले सावधानी अपनाएका छन् ।

    साेही क्रममा प्रख्यात कमेडी शो द कपिल शो शर्माको सुटिङ पनि स्थगित भएकाे छ। सोनीबाट प्रसारण हुने टिभी शो कोरोना भाइरसको संक्रमणकै डरले स्थगित गर्नुपरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। त्यस्तै संजय लीशला भन्सालीको आगामी फिल्म गंगुबाई काठियावाडीको सुटिङ पनि रोकिएको छ। फिल्ममा आलिया भट्टले अभिनय गरेकी हुन् ।

    भारतीय अधिकारीहरुका अनुसार १४५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। कोरोना भाइरसको संक्रमण व्यापक फैलिन थालेपछि भारतका सबै राज्यले सतर्कता अपनाएका छन्। महराष्ट्र प्रदेशले त्यहाँ सबै सिनेमा हल बन्द गर्न निर्देशन दिइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार