Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मास्क र सेनिटाईजरको कालोबजारी गर्ने युवतीसहित तीन जना पक्राउ

    मास्क र सेनिटाईजरको कालोबजारी गर्ने युवतीसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 3.4K
    SHARES

    काठमाडाैं । चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाईरसबाट बच्न भनी बिभिन्न माध्ययमबाट अनिवार्य मास्क, सेनिटाईजर जस्ता सामानको प्रयोग गर्नु भनी प्रचार प्रसार गर्ने एक युवतीसहित तीन जनाकाे गिरहाेलाई प्रहरीले पक्राउ गरेकाे छ।

    पक्राउ पर्नेमा पर्सा बहुदामाई ४ घर भइ हाल काठमाडाैैमा २४ मा बस्ने रुपेश रौनियार, नुवाकोट शिवपुरी ५ कुडार घर भइ हाल काठमाडाैं टाेखा १० बस्ने पुरुषोत्तम अधिकारी र अर्घाखाँची भुमिकास्थान न.पा.वडा नं.३ ढिकुरा घर भइ हाल काठमाडाैं गौरीघाट बस्ने मिना घिमिरे छन्।



    राैनियारकाे साथबाट प्रहरीले सेनिटाईजर १ हजार ५०० बाेतल र खरिद विक्रि गरेको विल २ वटा बरामद गरेकाे छ। त्यस्तै अधिकारीकाे साथबाट सेनिटाईजर ५ वोतल, विल प्याड २ वटा र मास्क २ सय ३५ थान बरामद गरेकाे छ। त्यसैगरी घिमिरेकाे साथबाट प्रहरीले ११ हजार २ सय २० वटा मास्क बरामद गरेकाे छ।



    काठमाडाैँ उपत्यका भित्र सहज रुपमा पाइने मास्क, सेनिटाईजर जस्ता सामानहरु उत्पादन गर्ने उद्योग, व्यवसायीहरुले कृत्रिम अभाव गराई मालको मुल्य वृद्धी गराएर अनुचित नाफा लिई विक्री वितरण गर्ने गरेको बिशेष सूचनाको आधारमा महाशाखाद्वारा खटिएको प्रहरी टाेलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेकाे हाे।

    महानगरी अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले पक्राउ परेका तीनै जनाविरुद्द कालोबजारी तथा अन्य केही सामाजिक अपराध कसूरमा कारहवाही हुने बताए। उनका अनुसार अवश्यक कारवाहीको लागि तीनै जनालाई महानगरीय प्रहरी परिसर काठमाडाै‌मा पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार