Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • काेराेना राेक्न श्रीलंकामा कर्फ्यु घोषणा

    काेराेना राेक्न श्रीलंकामा कर्फ्यु घोषणा

    एजेन्सी
  • बुधबार, ५ चैत्र २०७६
  • 3.3K
    SHARES

    तस्बिर: गुगल

    काठमाडाैं । चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरसविरुद्द सतर्कता अपनाउँदै श्रीलंकाकाे सरकारले कर्फ्यु घोषणा गरेको छ । काेराेनाकाे संक्रमण राेक्न भन्दै श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कर्फ्यु घोषणा गरेको हाे।

    देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कर्फ्युको आदेश दिइएको अधिकारीले जनाएका छन् । प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४ः३० बजेदेखि नै लागु हुनेगरी कर्फ्यु आदेश जारी भएको हो ।



    कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यू आदेश जारी गर्नुपरेको अधिकारीहरुले जनाएका छन् । कर्फ्यु लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ ।



    चीनको वुहानबाट फैलिएको कोरोना विश्वका १६३ देशमा फैलिएको र भारतमासमेत तीन जनाको मृत्यु भइसकेको अवस्थामा श्रीलंकाकाे सरकारले यस्ताे निर्णय गरेकाे हाे। एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार