Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोना भाइरसबाट मृत्यु : इटालीमा ४ हजार र स्पेनमा एक हजार नाघ्यो

    कोरोना भाइरसबाट मृत्यु : इटालीमा ४ हजार र स्पेनमा एक हजार नाघ्यो

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । विश्वका धेरै देशहरू कोरोना भाइरससँग संघर्ष गरिरहेका छन्।अहिले युरोपेली मुलुकमा तथ्यांक बढेर डरलाग्दो देखिएको छ।कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट शुक्रबार मात्रै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ भने थप ५ हजार ९ हजार ६ सय ८६ जनामा संक्रमण देखिएको एजेन्सीहरुले जनाएका छन् ।

    शनिबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन् । स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । स्पेनमा शुक्रबार ३ हजार ४ सय ३३ संक्रमित थपिएका छन् ।



    शनिबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या एक हजार ९३ पुगेको छ भने संक्रमितको संख्या २१ हजार ५ सय १० रहेको छ । फ्रान्समा पनि शुक्रबार मात्रै थप ७८ जनाको मृत्यु भएको छ भने ४ सय ५० जनामा संक्रमण देखिएको छ ।



    फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ४ सय ५० पुगेको छ भने संक्रमितको संख्या १२ हजार ६ सय १२ जना संक्रमित भएका छन् । बेलायतमा , नेदरल्यान्ड्समा ,जर्मनीम, बेल्जियममा र स्विजरल्यान्डमा पनि मृत्युको संख्या बढेको छ ।-एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार