Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतीय ‘जनता कर्फ्यू’ ले नाका ठप्प

    भारतीय ‘जनता कर्फ्यू’ ले नाका ठप्प

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 2.8K
    SHARES

    वीरगन्ज । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरसको संक्रमणबाट जोगिन भारतमा सरकारले आइतबार आह्वान गरेको जनता कर्फ्यूको प्रत्यक्ष असर वीरगन्ज नाकामा परेको छ। भारत सरकारले जनता कर्फ्यू लगाउँदा रक्सौल वीरगन्ज नाका पनि पूर्ण रुपमा बन्द हुँदा त्यसको प्रत्यक्ष असर वीरगन्ज नाकामा पनि परेको हो।

    कोरोना भाइरस फैलिन नदिन भन्दै भारत सरकारले आइतबार आफ्नो देशमा ‘जनता कर्फ्यू’ लगाएकाे हाे। योसँगै भारतले नेपालसँग जोडिएका नाका पनि बन्द गरेका कारण त्यसको प्रत्यक्ष असर नेपालको मुख्य नाका वीरगन्जमा पनि परेको हो। जनता कर्फ्यूमा भारतले नाका बन्द गरेका कारण रक्सौल वीररगन्ज नाका आइतबार बिहानैदेखि ठप्प छ । वीरगन्जबाट भारतको रक्सौल जाने पैदल यात्री र सवारीसाधानलाई भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा रहेको मितेरीपुलबाटै फर्काइ दिने गरेका छन् ।



    रक्सौलबाट फाट्टफुट्ट संख्यामा नेपालतर्फ आउने खोज्ने भारतीयलाई पनि भारतीय सुरक्षाकर्मीले मितेरीपुलमै रोकीरहेका छन् । जसका कारण दिनहुँ १० हजार भन्दा बढी मानिस र करिब २ हजार भन्दा बढी सवारीसाधन आउजाउ हुने वीरगन्ज नाका बिहान ५ बजे देखि नै सुनसान भएको हो ।



    भारतमा तीब्र गतिमा बढ्दै गइरहेको कोरोनाको संक्रमणसँग जुध्ने भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार भारतमा जनता कर्फ्यू लगाइएको हो । आइतबार बिहान ७ देखि राती ९ बजेसम्म घर बाहिर ननिस्कन त्यहाँको सरकारले जनतामा अपिल गरेको छ ।

    कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म पाँचजनाको ज्यान गइसकेको छ भने ३३२ जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३ जनामा कोरोना संक्रमण भेटिएको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार