Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कञ्चनपुरमा ‘लक डाउन’ गर्ने निर्णय, नाका पनि बन्द गरिने

धनगढी । कञ्चनपुर जिल्लामा ‘लक डाउन’ गर्ने निर्णय गरिएकाे छ। जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाउँदै व्यवहारिक रूपमा लकडाउन निर्णय गरेका हाे।

प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गराउन पनि प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको छ । यदि सूचनाको बर्खिलाप गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

आइतबार रातिदेखि जिल्ला ‘लक डाउन’ हुने प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । उनका अनुसार शब्दमा उल्लेख गर्दा थप त्रास होला भनेर नलेखिएकाे हाे तर यसलाई लक डाउन नै भन्न सकिन्छ। आइतबार भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरूको बैठकले गड्डाचौकी नाका भने मंगलबार मात्र बन्द गर्ने निर्णय गरेको छ ।

अहिले नै नाका बन्द गर्दा भारतबाट घर फर्किनेहरुलाई समस्या पर्ने हुनाले दुई दिनपछि मात्र नाका बन्द गर्न लागिएको प्रजिअ खतिवडाले बताए । उनी भन्छन्, ‘भारतबाट इरहेकाहरूलाई समस्या नहोस् भनेर दुई दिन राखेर नाका बन्द गर्ने निर्णय गरेका छौँ । बजार त आजै रातिबाट हुन्छ ।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतको वनवासासंग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका ११ गते पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाको अध्यक्षतामा आज बसेको बैठकले गड्डौकोकी नाकामा चैत ११ गतेदेखि पूर्णरुपमा आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077