Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मस्र्याङ्दीमा बस खस्दा तीनको मृत्‍यु , घाइतेहरुको उद्धार

आबुखैरेनी । पृथ्वीराजमार्गको आँबुखैरेनी नजिकै ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको पुस्टि भएको छ । पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ४२९४नम्बरको बस आइतबार साँझ सडकबाट करिब एकसय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए।

उनका अनुसार तीन जनाको शव भेटिएको छ। मृतकको सनाखत भने भएको छैन। उद्धार कार्य जारी रहेको र अहिलेसम्म घाइते २१ जना भन्दा बढिको उद्धार भएको उनले बताए। बसमा सवार धेरै यात्रु घाइते भएका छन्। थप विवरण आउन बाँकी छ । घटनास्थलमा स्थानिय, प्रहरी, शसस्त्र प्रहरी लगायतको ठूलो उद्द्वार टोलिले घाइतेहरुको उद्धार गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077