Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपाल एयरलाइन्सको विमान दुर्घटना

    नेपाल एयरलाइन्सको विमान दुर्घटना

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा उक्त नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको हो ।

    काठमाडौंबाट नेपालगन्ज पुगेको विमान अवतरणका क्रममा दुर्घटनामा परेको प्रहरी सह–प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए।



    विमान रनवेबाट चिप्लिएर बाहिर गएको थियो । प्रहरीका अनुसार कुनै पनि मानवीय क्षति भने भएको छैन । विमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना संकलन गरेर ल्याउन गएको बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार