Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फर्कियो

    दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फर्कियो

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडीमा प्राविधिक समस्या देखिएपछि दोहातर्फ जाँदै गरेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएको छ।

    २ सय ६५ यात्रु राखेर दोहातर्फ जाँदै गरेको नेपाल एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिहीबार राति काठमाडौंबाट उडेको ४४ मिनेटमै विमानस्थलमा फर्किएको हो ।



    अल्फा लिमा यंकीको हाइड्रोलिक सिस्टममा समस्या देखिएपछि चालकदलले १२ बजे राति उडेको वाइडबडीलाई काठमाडौं नै फर्काएका थिए ।



    आरए–२३९ उडान नम्बरको उक्त विमानबाट दोहा जाने २ सय ६५ यात्रुलाई राति ३ बजे निगमको अर्को वाइडबी अल्फा लिमा जुलु जहाजमा पठाइएको वायुसेवा निगमले जनाएको छ ।

    प्राविधिक समस्या देखिएको जहाजको काठमाडौंमा मर्मत हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार