Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानमन्त्रीको दुबई भ्रमण : नेपाल एयरलाइन्सको हेपाहा प्रवृत्तिमा ‘स्टन्टमन्त्री’ किराँती किन मौन ?

    प्रधानमन्त्रीको दुबई भ्रमण : नेपाल एयरलाइन्सको हेपाहा प्रवृत्तिमा ‘स्टन्टमन्त्री’ किराँती किन मौन ?

    मन्त्रालय र एयरलाइन्सका प्रवत्ताको मोवाइल स्वीच अफ

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन दुबई पुगेका छन् ।

    प्रधानमन्त्री दाहाललाई लिएर दुबई जाने क्रममा नेपाल एयरलाइन्सले अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेपछि नेपाल एयरलाईन्स मात्र नभई ‘स्टन्टमन्त्री’को उपमा पाएका संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको पनि विरोध शुरु भएको छ ।



    प्रधानमन्त्री दाहाल नेपाल एयरलान्समार्फात दुबई जाँदा छुटेका ३१ मध्ये धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु रहेका छन् । प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई प्रस्थान गरेका थिए ।



    त्यही जहाजमा टिकट काटेका अरु यात्रु भने दुबई जान पाएनन् । ती यात्रुहरुलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको छ ।

    यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको नेपाल एयरलाइन्सले जनाएको छ । प्रधानमन्त्रीलाई दुबई लैजान नेपाल एयरलाइन्सको उडान पूर्वनिर्धारित समयभन्दा दुई घण्टाअघि सारिएको थियो । साढे ११ बजे उड्ने भनेको जहाज प्रधानमन्त्रीलाई लिएर साढे ९ बजे नै उडेको थियो ।

    तर उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले नगराउँदा एयरपोर्ट पुगिसकेका यात्रुहरु फर्किन बाध्य भएका थिए ।

    सोही जहाजका लागि टिकट काटेर पनि दुबई जान नपाएका एक यात्रुले बुधबार बेलुकी साढे ८ बजे नै एयरपोर्ट पुग्दा फ्लाइट समय भइसकेको भन्दै भित्र छिर्न नदिइएको बताएका छन् । उनले नेपाल एयरलाइन्सले फ्लाइट सरेको जानकारी समेत नगराएर उनले बताए ।

    नेपाल एयरलाइन्सले भने भीभीआईपी फ्लाइटका कारण उडाउन नसकेको व्यहोरासहितको पत्र थमाएर होटलमा लगेर राखेको छ । यस विषयमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अहिलेसम्म कुनै प्रतिकृया दिएका छैनन् ।

    ‘प्रधानमन्त्रीको हिजोको फ्लाइट तत्काल निर्णय भएको फ्लाइट होइन । प्रधानमन्त्रीको भ्रमण तालिका पहिले नै तय हुन्छ । भिभिआईपीको फ्लाइट भएको बेलामा किन हाम्रो टिकेट काटियो त ? दुःख दिने पनि सिमा हुन्छ नि । जसले जे गरेपनि हुने देश हो हाम्रो । त्यसैले त यहाँ बस्न सकिएको छैन ।’–छुटेका एक यात्रुले अनलाइन नेपालसँग भने ।

    यात्रु छुटाइएको विषयमा प्रतिकृयाका लागि नेपाल एयरलाइन्सका कर्मचारीहरुलाई सम्पर्क गर्दा उनीहरुले आफूहरूलाई थाहा नभएको प्रतिकृया दिए । एयरलाइन्सका सूचना अधिकारी रमेश पौडेल र मन्त्रालयका सूचना अधिकारी रामकृष्ण श्रेष्ठले भने मोवाइल नै स्वीच अफ गरेर राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार