Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ‘स्टन्टमन्त्री’ किरातीविरुद्ध प्रहरीमा जाहेरी

    ‘स्टन्टमन्त्री’ किरातीविरुद्ध प्रहरीमा जाहेरी

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 723
    SHARES

    काठमाडौं । ‘स्टन्टमन्त्री’को उपमा पाएका संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

    धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै काठमाडौंका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दिएका हुन् ।



    पुसको पहिलो साता पर्यटनमन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएको थिए ।



    कार्यक्रममा क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पुर्‍याएको जाहेरीमा दाबी गरिएको छ।

    लुइँटेलले उनलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउनसमेत माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार