Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पर्यटनमन्त्री किराती कमिसन र स्टन्टबाजीमा लिप्त छन् : रामहरि खतिवडा

    पर्यटनमन्त्री किराती कमिसन र स्टन्टबाजीमा लिप्त छन् : रामहरि खतिवडा

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 471
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको आरोप लगाएका छन् ।

    प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागिरहेकै बेला कांग्रेसका सांसद खतिवडाले पनि पर्यटनमन्त्री सुदन किरातीको कार्यशैलीलाई लिएर सदनमा असन्तुष्टि जनाएका हुन् ।



    सांसदखतिवडाले पर्यटनमन्त्री सुदन किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको आरोप लगाए । उनले नयाँ विमान किन्ने भन्दै १८ करोड कमिसनको खेलमा लागेको आरोप लगाए ।



    सांसद खतिवडाले भने,‘निगम ४८ अरब भन्दा धेरै ऋणमा डुबेको छ । आफूसँग भएको विमान नचलाउने अनि भाडामा लिने यो प्रवृत्तिले कहाँ पुर्‍याउने हो? मन्त्री नयाँ विमान भन्दै हुनुहुन्छ । झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएको छ ।’

    कांग्रेस सांसद खतिवडाले दुई तारे होटेललाई चार तारेको अनुमति दिने खेलमा किराती लागेको पनि जिकिर गरे । किरातीले कामको आधारमा नभई दामको आधारमा नियुक्ति गरेको उनको टिप्पणी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार