Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्छ : पर्यटनमन्त्री किराती

    अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्छ : पर्यटनमन्त्री किराती

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 447
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका छन्।

    राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् ।



    पर्यटनमन्त्री किरातीले आगामी १० वर्षभित्रमा यो विमानस्थलमा थप असहजता निम्तिने बताए । विमानस्थललाई बनाउँदा पनि अब समयको मागअनुरुप परिणाम दिन नसक्ने पर्यटनमन्त्री किरातीको भनाइ छ।



    उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको उल्लेख गरे ।

    पर्यटनमन्त्री किरातीले अब पनि त्रिभुवन विमानस्थललाई मर्मत गरेर सञ्चालन गर्छु भन्नु ९० वर्षको आमालाई लिपिस्टिक पाउडर लगाइदिएर राम्री बनाउँछु भन्नु जस्तै भएको टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार