Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • महामारीका बेला ५ सय प्रतिशतसम्म महांगोमा सामान खरिद

    कोरोनाका नाममा घोटाला, मन्त्री ढकाललाई अख्तियारले छानविन गर्ला ?

    कोरोनाका नाममा घोटाला, मन्त्री ढकाललाई अख्तियारले छानविन गर्ला ?

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 4.3K
    SHARES

    काठमाडौं। नेपाल सरकारले चीनबाट कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्री खरिद गर्दा करोडौं भ्रष्टाचार गरेको तथ्य सार्वजनिक भएको छ ।

    कोरोना भाइरस (कोविड–१९) को संक्रमण सुरु भएको ३ महिनासम्म पनि सरकारले किट्स, मास्क, पीपीई, ग्लोब जस्ता अत्यावश्यक मेडिकल सामग्री खरिद गर्न आवश्यक नठानेको सरकारले बल्ल आवश्यक सामाग्री त किन्यो तर, करोडौं भ्रष्टाचार गरेर ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मेडिकल उपकरण सप्लायर्सहरुको बैठक नै राखेर कसरी कमिसन मिलाउन सकिन्छ भनेर निर्णय नै गराएको स्रोतका दावी छ ।



    त्यसैले सरकारले किनेको उक्त स्वास्थ्य उपकरणको मूल्य बजार भाउभन्दा दशौं गुणा महंगो परेको पाइएको छ । नेपाल सरकारले किन यति महंगोमा सामान किन्यो त ? भन्ने प्रश्नले यतिबेला मन्त्रीपरिषद्मा समेत खैलाबैला मच्चिएको छ ।

    कुन सामान कति कमिसन ?
    नेपाल सरकारले खरिद गरेका गगल्सको मूल्य १८ डलर परेको छ । जबकी यो गगल्सको मूल्य चिनियाँ बजारमा न्यूनतम २ डलरदेखि अधिकतम ४ डलरसम्म पर्छ । एक लाख थान गगल्स किन्दा सरकारले १७ करोड रुपैयाँ बढी तिरेको देखिन्छ ।

    त्यसैगरी एफडीए सर्टिफाइड थर्मोमिटरको अधिकतम बजारमूल्य २९ देखि ३३ डलर पर्नेमा नेपाल सरकारले ६५ डलरमा खरिद गरेको छ । १५ सय थान थर्मोमिटरमा ७१ लाख रुपैयाँ अतिरिक्त बिल देखाइएको देख्रिन्छ ।

    त्यसो त एक सेन्ट पनि नपर्ने डिस्पोजेवल जुत्तालाई नेपाल सरकारले २ डलर तिरेको छ भने २.५ डलर पर्ने रेस्पिरेटर मास्कलाई ७ डलर तिरेको छ । यसमा पनि लाखौं रकम बढि तिरिएको छ ।

    कोरोना परीक्षणका लागि पोर्टेबल पीसीआर टेस्टिङ किट ५० हजार थान खरीद गरिएको छ । प्रतिकिट ३८ डलरमा खरीद गरिएको छ । यसको अधिकतम मूल्य ९–१० डलर भन्दा बढी नपर्ने चिनियाँ व्यापारीहरुले बताइसकेका छन् ।

    यसमा मात्रै १६ करोड रुपैयाँ भन्दा बढीको बिल देखाइएको छ ।

    चीनबाट खरिद गरिएको सामानमा भ्रष्टाचार भएको भनेर चौतर्फी रुपमा प्रश्न उठ्दा समेत सरकारले अझैसम्म जवाफ दिन सकेको छैन । कोरोना भाइरस जस्तो महामारीको समयमा करोडौं स्वास्थ्यमन्त्रीसम्म मिलेर कमिसन खाँदा समेत प्रधानमन्त्री भने अझै चुप नै छन् ।

    मेडिकल सामाग्री खरिदमा करोडौ अनियमितताको कुरा छताछुल्ल भएपछि मन्त्री ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुरुन्तै कागजात झिकाएर अनुसन्धान गर्नु पर्ने आवाज पनि सामाजिक सञ्जालभरी उठेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार