Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल भ्रष्टाचार व्याप्त सूचीको अग्रस्थानमै

    नेपाल भ्रष्टाचार व्याप्त सूचीको अग्रस्थानमै

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 357
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले नेपालमा अझै भ्रष्टाचार हुने देशको अग्रस्थानमा रहेको तथ्य सार्वजनिक गरेको छ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमै कायम रहेको समेत उसले औंल्याएका छन् ।

    विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा मंगलबार जारी ‘भ्रष्टाचार अवधारणा सूचकांक ९सीपीआई०–२०२२’मा नेपालले सयमा ३५ अंक पाएर १०८औं स्थानमा रहेको छ । अघिल्लो वर्ष सयमा ३४ अंक थियो ।



    सुशासनमा ५० भन्दा कम अंक ल्याउने देशलाई ‘भ्रष्टाचारग्रस्त’ मानिएको छ । यस वर्ष औसत अंक ४३ रहेको र एसिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको छ । विश्वका दुईतिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याका रूपमा रहेको उल्लेख गरिएको छ ।



    गत वर्षको तुलनामा अंकमा केही सुधार भए तापनि नेपाल अझै व्याप्त भ्रष्टाचार हुने मुलुकमै पर्ने ट्रान्सपरेन्सीले औंल्याएको छ । गत वर्ष ११०औं मलुकको स्थानमा रहेको नेपाल यो वर्ष १०८औं स्थानमा उक्लिएको छ ।

    भ्रष्टाचार बढ्नु र शुसासन कायम हुन नसक्नुमा राज्य जिम्मेवार भएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी अध्यक्ष पद्यिनी प्रधानांगले बताइन् ।

    सुशासन आउन देशमा समयमा काम नहुनु, प्रशासनिक क्षेत्रमा हुने गरेको ढिलासुस्ती, योग्य मान्छे नखोज्ने, एस म्यान खोज्ने प्रवृत्ति र दण्डहिनता अन्त्य, कानुन पालना, स्वार्थको द्वन्द्व सम्बोधन र सरकारले भ्रष्टाचार नियन्त्रण गर्न गरेको प्रतिबद्धता पूरा गर्न सके नेपाल सुशासनमा माथि उक्लन सक्ने उनले बताइन् ।

    त्यस्तै, सीपीआई २०२३ मा दक्षिण एसियाली राष्ट्रमध्ये भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ । ६८ अंक प्राप्त गरी भुटान २६औं स्थानमा छ । गत वर्ष भुटानको श्रेणी २५औं स्थानमा रहेको थियो । माल्दिभ्स ३९ अंकसहित ९३औं, भारत ३९ अंकसहित ९३औं, श्रीलंका ३४ अंकसहित ११५औं स्थानमा छ ।

    गत वर्ष श्रीलंका ३६ अंकसहित १०१औं स्थानमा थियो । पाकिस्तानको भने गत वर्षको तुलनामा केही सुधार भएको छ । गत वर्ष पाकिस्तान २७ अंकसहित १४०औं स्थानमा रहेकामा २०२३ मा भने पाकिस्तान २९ अंकसहित १३३औं स्थानमा उक्लिएको छ । बंगलादेशको गत वर्षभन्दा एक अंक घटेर २४ अंकसहित १४९औं स्थानमा छ ।

    सार्क राष्ट्रमध्ये सबैभन्दा कम भ्रष्टाचार भुटानमा रहेको ट्रान्सपरेन्सीले औंल्याएको छ । अफगानिस्तानमा भने भ्रष्टाचार झनै बढेको देखाएको छ । अफगानिस्तान २० अंक प्राप्त गरी १६२औं स्थानमा छ । त्यस्तै, छिमेकी मुलुक चीन ४२ अंकसहित ७६औं स्थानमा छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार