Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भ्रष्टाचारको सूचकांकमा नेपालको दुई स्थान सुधार

    भ्रष्टाचारको सूचकांकमा नेपालको दुई स्थान सुधार

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 399
    SHARES

    काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औं स्थानमा परेको छ ।

    ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क रिपोर्टमा १०० मा ३५ अंक पाएर नेपाल १०८औं स्थानमा परेको हो ।



    अघिल्लो वर्ष नेपालको अंक ३४ (११० औं स्थान) रहेको थियो । रिपोर्टले यसवर्ष नेपालको भ्रष्टाचारसम्बन्धी सूचीमा दुई स्थान सुधार भएको देखिएको छ ।



    विश्वको सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा दक्षिण अफ्रिकी देश सोमालिया परेको छ ।

    १८० देश सम्मिलित सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार