Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • स्वास्थ्य मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

    स्वास्थ्य मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

    अनलाइन नेपाल
  • बुधबार, १९ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । नोवेल कोरोना (कोभिड–१९) को संक्रमण रोकथाम र उपचारका लागि लकडाउनका बेला खरिद गरेको मेडिकल सामग्रीमा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियारमा उजुरी हालेका हुन् ।



    प्रदेशसभा सदस्य पौडेलले बुधबार अख्तियारको वेबसाइटमार्फत मन्त्री ढकालकाविरुद्ध उजुरी दिएको विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए ।



    उजुरीमा बजार दरभन्दा धेरै महँगोमा मेडिकल सामग्री खरिद गरी अनियमितता भएको उल्लेख छ ।

    अख्तियारमा हालेको उजुरीम तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको, बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको, खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएकोलगायतको आरोप लगाइएको छ ।

    कुन सामान कति कमिसन ?
    नेपाल सरकारले खरिद गरेका गगल्सको मूल्य १८ डलर परेको छ । जबकी यो गगल्सको मूल्य चिनियाँ बजारमा न्यूनतम २ डलरदेखि अधिकतम ४ डलरसम्म पर्छ । एक लाख थान गगल्स किन्दा सरकारले १७ करोड रुपैयाँ बढी तिरेको देखिन्छ ।

    त्यसैगरी एफडीए सर्टिफाइड थर्मोमिटरको अधिकतम बजारमूल्य २९ देखि ३३ डलर पर्नेमा नेपाल सरकारले ६५ डलरमा खरिद गरेको छ । १५ सय थान थर्मोमिटरमा ७१ लाख रुपैयाँ अतिरिक्त बिल देखाइएको देख्रिन्छ ।

    त्यसो त एक सेन्ट पनि नपर्ने डिस्पोजेवल जुत्तालाई नेपाल सरकारले २ डलर तिरेको छ भने २।५ डलर पर्ने रेस्पिरेटर मास्कलाई ७ डलर तिरेको छ । यसमा पनि लाखौं रकम बढि तिरिएको छ ।

    कोरोना परीक्षणका लागि पोर्टेबल पीसीआर टेस्टिङ किट ५० हजार थान खरीद गरिएको छ । प्रतिकिट ३८ डलरमा खरीद गरिएको छ । यसको अधिकतम मूल्य ९–१० डलर भन्दा बढी नपर्ने चिनियाँ व्यापारीहरुले बताइसकेका छन् ।

    यसमा मात्रै १६ करोड रुपैयाँ भन्दा बढीको बिल देखाइएको छ ।

    चीनबाट खरिद गरिएको सामानमा भ्रष्टाचार भएको भनेर चौतर्फी रुपमा प्रश्न उठ्दा समेत सरकारले अझैसम्म जवाफ दिन सकेको छैन । कोरोना भाइरस जस्तो महामारीको समयमा करोडौं स्वास्थ्यमन्त्रीसम्म मिलेर कमिसन खाँदा समेत प्रधानमन्त्री भने अझै चुप नै छन् ।

    मेडिकल सामाग्री खरिदमा करोडौ अनियमितताको कुरा छताछुल्ल भएपछि मन्त्री ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुरुन्तै कागजात झिकाएर अनुसन्धान गर्नु पर्ने आवाज पनि सामाजिक सञ्जालभरी उठेको छ।

    चीनबाट ल्याइएको किट प्रयोग नगर्न चेतावनी
    चीनबाट सुरू भइ विश्वभर फैलिरहेको कोरोना भाइरसका लागि टेस्ट किटहरू प्रयोग नगर्न सरकारले मंगलबार चेतावनी दिएको छ। स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. खेम कार्कीले मंगलबार पत्रकारसँग कुरा गर्दै किटका नतिजा विश्वसनीय नभएकोले प्रयोग नगर्न चेतावनी दिए।

    मन्त्रालयमा नियमित प्रेस ब्रीफिंगमा बोल्दै कार्कीले भने, ‘किट्सलाई सरकार र डब्ल्यूएचओले मन्याता नदिएसम्म हामी प्रयोग गर्ने सल्लाह दिदैनौं।’

    उनले यो पनि भने कि त्यस्ता किटहरू धेरै देशहरूमा विवादास्पद र अविश्वसनीय भएको पाइन्छ। गत हप्ता, स्पेनले लाखौं चिनियाँ टेस्ट किटहरू उनीहरूलाई भरोसायोग्य नभएको भन्दै फिर्ता गरे।

    यद्यपि, यी परीक्षण किटहरू, करोडौं रूपैयाँको, सरकारले हालै चीनबाट खरिद गरेको बिभिन्न सामग्रीहरू मध्येका एक हो।

    स्वास्थ्य र जनसंख्या मन्त्रालयले २५ अप्रिलमा नेपालको ओम्नी समूहसँग चीनबाट ६० करोड रुपैयाँको ७५ हजार निदान किट किन्नको लागि सम्झौतामा हस्ताक्षर गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार