Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डीआईजीमा बढुवा प्रकरण : कसले गर्‍यो प्रचण्डको बदनाम ?

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्दा सिनियर व्याचका एसएसपी गणेश ऐरको नाम काटिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै खैलाबैल मच्चिएको छ। सिनियर व्याचका एसएसपी ऐर कार्य क्षमतामा भने कमजोर मानिन्छन् ।

ऐरको नाम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आग्रहमा गृहमन्त्री रामवहादुर थापाले सूचीमा टिपाएका थिए । तर गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिले तयार पारेको सूचीबाट ऐरको नाम हटेपछि एकाएक पार्टीभित्र हंगामा मच्चिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ गृहमन्त्री थापा र गृहसचिव महेश्वर न्यौपानेलाई बालुवाटार बोलाएर बढुवाको सूची मागी ऐरको नाम हटाउन लगाएको समाचार केही मिडियामा बाहिर आए पनि भित्री कुरो भने अर्कै रहेको छ ।

गृह स्रोतका अनुसार ऐरको नाम हटाउन गृहसचिव न्यौपाने नै लागिपरेका थिए । गृह स्रोत भन्छ- 'न्यौपानेले मन्त्री थापालाई कार्य क्षमतामा कमजोर रहेको भन्दै कन्भिस गरे र  सचिवको कुरा विश्वास गरेर सूचीबाट नाम हटाइयो अनि बाहिर बदनाम गराइयो, प्रचण्डले सिफारिस गरेका ऐर बढुवाबाट छुटे।'

गृहमन्त्री थापा र सचिव न्यौपानेले आफु निकट दुई /दुई जना एसएसपीलाई बढुवामा सिफारिस गर्दा प्रचण्डले टिपाएको नाम काटेर प्रधानमन्त्री कहाँ पठाउने अनि दोश प्रधानमन्त्रीलाई दिएर पानी माथिको ओभानो बन्न खोजेको कुरा प्रचण्डले बुझिसकेको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077