Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना संक्रमणबाट यूकेमा अर्का एक पूर्वगोर्खा सैनिकको निधन

    कोरोना संक्रमणबाट यूकेमा अर्का एक पूर्वगोर्खा सैनिकको निधन

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 2K
    SHARES

    लण्डन । चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा अर्का एक पूर्वगोर्खा सैनिकको निधन भएको छ ।

    कास्कीको घान्दु्रक घर भई बेलायतको रेडिङ बस्दै आएका लक्षिनबहादुर गुरुङको आज बिहान निधन भएको हो । उपचारका क्रममा आज बिहान निधन भएको उनले बताए । उनका भाञ्जा कमल गुरुङका अनुसार, उनी १२ दिनदेखि रेडिङस्थित बक्सायर अस्पचालमा उपचाररत थिए ।



    लक्षिनका सपरिवारमा कोरोनाको संक्रमण देखिएको र लक्षिन बाहेक अन्य परिवार निको भएको कमलले जानकारी दिए । ६५ वर्षीय लक्षिन गण्डकीका चर्चित फुटबल खेलाडी समेत हुन् । उनी घान्द्रुक समाज रेडिङका पूर्वअध्यक्ष हुन् भने तमुधिँ यूकेका आजीवन सदस्य हुन् ।लक्षिन श्रीमती र दुई छोरीहरुका साथमा रेडिङमा बस्दै आएका थिए। पछिल्लो समय नेपालमा लक्षिन पोखराको दीपमा पनि बसोबास गर्दै आएका थिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार