Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोरोनाबाट जित्ने मोदीका सात सूत्र

भारत । भारतमा लकडाउनको अबधि बढाउने घोषणा गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज सम्बोधन गर्दै कोरोना भाईरसको संक्रमणबाट बच्न ३ मे सम्म लकडाउनको अबधि बढाउने घोषणा गरेका हुन।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नरोकिएपछि भारत सरकारले लकडाउन थप्ने बिषयमा मोदीले नेताहरुसँग छलफल गरेका थिए। भारतीय प्रधानमन्त्री मोदीले शनिबार बिहान मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा लकडाउन लम्बाउने बताएका थिए ।भारतमा तीन साता लामो लकडाउनको अबधि बुधवार सकिंदै छ।

साेही क्रममा भारतीय प्रधानमन्त्री मोदीले कोरोनाबाट विजय प्राप्त गर्न जनतालाई सात सूत्र बताएका छन् । देशवासीको नाममा चौथो पटक सम्बोधन गर्दै मोदीले कोरोना विरुद्ध विजय प्राप्त गर्ने मार्ग रहेको भन्दै सात सूत्र अपनाउन आग्रह गरेका हुन् ।

उनका सूत्र यस प्रकार छन्ः

१. घरका वृद्ध–वृद्धाको विशेष हेरचाह गर्नु,

२. सामाजिक दुरीलाई पूर्ण रूपमा पालना गर्नु,

३. आफ्नो रोग प्रतिरोधी क्षमता बढाउनका लागि आयुष मन्त्रालयको निर्देशन पालना गर्नु,

४. कोरोना संक्रमण रोक्नका लागि आरोग्य सेतु मोबाइल एप डाउनलोड गर्न,

५. आफूले जति सकिन्छ, गरिब परिवारको खानाको आवश्यकता पूरा गर्न,

६. आफूसँग काम गर्ने कामदारलाई कामबाट ननिकाल्न,

७. डाक्टर, नर्स, सर–सफाईकर्मी, पुलिसलाई आदर गर्न ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077