Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अख्तियारद्वारा थप ४ भ्रष्टाचार आरोपित रिहा

    अख्तियारद्वारा थप ४ भ्रष्टाचार आरोपित रिहा

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ। केही समयदेखि हिरासतमा रहेका थप ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरौटीमा रिहा गरेकाे छ।

    अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणका कारण कसूरको गाम्भीरता र अनुसन्धानको पूर्णता समेतलाई मध्येनजर गरी उनीहरूलाई हिरासतमुक्त गरिएको बताए ।



    ‘हुनसक्ने सजाय र हिरासतमा बसेको अवधि समेतलाई मध्यनजर राख्दै आयोगको हिरासतमा रहेका मध्ये थप ४ जनालाई बाँकी अनुसन्धान पूरा गर्नेगरी धरौटी लिएर तारेखमा राखी हिरासतमा मुक्त गरिएको छ’ प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



    अख्तियारले यसअघि हिरासतमा रहेका मध्ये ८ जना आरोपीलाई धरौटी लिएर हिरासतमुक्त गरेको थियो । सरकारले समेत कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जघन्य प्रकृतिको अपराधबाहेकमा संलग्न अभियुक्तलाई धरौटी तथा तोरखमा रहने गरी थुनामुक्त गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार