Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्लब एलओडीद्वारा कडा सुरक्षा घेराबीच विपन्न परिवारलाई राहत वितरण

काठमाडौं । दक्षिण एशियाकै उत्कृष्ट क्लबमा पर्ने ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी)ले आफ्नो सामाजिक दायित्व अन्तर्गत दैनिकी ज्यालादारी तथा मजदुरी गर्ने विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

क्बल एलओडीका सञ्चालक  भुपेन्द्र कुँवरका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर-२६ को कार्यालयसँग समन्वय गरेर हिजो ५ सय जनालाई राहत वितरण गरिएको हो।

राहतमा चामल, दाल, तेल, नुन, आलु, गेडागुडीसहित उपलब्ध गराइएको थियो । क्लबको आफ्नै परिसरमा ब्यवस्थित तरिकाले सामाजिक दूरी कायम गर्दै  राहत वितरण गरिएको थियो।

कार्यक्रममा वडा नम्बर-२६का वडाध्यक्ष खेमराज तिवारीको पनि उपस्थिति थियो । कडा सुरक्षा घेराबीच  राहत वितरण कार्यक्रम गरिएको थियो ।

एलओडीले यसअघि पनि कञ्चनपुर जिल्लाका स्वास्थ्यकर्मी र चिकित्सकका लागि ५० पिस पिपिइ खानेपानीमन्त्री विना घर्तीमगरमार्फत प्रदान गरेको थियो ।

त्यसैगरी, उद्योगमन्त्री लेखराज भट्टमार्फत कैलाली जिल्लाका चिकित्सकहरुका लागि ५० पिस पिपिइ र वडा कार्यालय अन्तर्गत कार्यारत सडक सरसफाई गर्ने मजदुरहरुका लागि एक सय पिस पिपिई प्रदान गरिसकेको छ ।

क्बल एलओडीका सञ्चालक  भुपेन्द्र कुँवरले विपतका बेला दैनिक ज्यालादारी तथा मदजुरी गरेर गुजारा चलाउनेका लागि दैनिकी सहज होस भन्ने उदेश्यसहित क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण गरेको जानकारी दिए ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण  रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ । लकडाउनको समयमा घरभित्र नै बन्दी बनेका सर्वसाधारणले राहत वितरणलाई प्राथमिता दिन आग्रह गरेका छन् ।

[video width="576" height="320" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2020/04/video-1587096522.mp4"][/video]

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077