Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोनाका कारण विदेशमा २९ नेपालीको मृत्यु

    कोरोनाका कारण विदेशमा २९ नेपालीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । विश्वभरि फैलिएको कोरोना भाईरसको संक्रमणबाट विदेशमा मात्रै २९ जना नेपालीको मृत्यु भएको छ ।

    ६ गते युरोपेली मुुलुक नेदरल्यान्डमा एक नेपाली महिलाको को मृत्यु भएपछि विदेशमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या २९ पुगेको हो ।



    नेपालबाट नेदरल्यान्ड गई बसोबास गर्दै आएकी ४० वर्षीया लक्ष्मी भट्टचनको कोरोनाका कारण मृत्यु भएको बताइएको छ ।



    उनलाई १२ दिन अगाडि अस्पताल भर्ना गरिएकोमा अस्पतालमै मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।

    हालसम्म नेदरल्यान्डमा ३१ हजार ५ सय ८९ जना संक्रमित छन् भने ३ हजार ६ सय १ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

    त्यसैगरी हालसम्म विश्वभरका विभिन्न देशमा २८ नेपालीको मृत्यु भएको जनाइएको थियो । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो ।

    नेदरल्यान्डमा मृत्यु भएकी भट्टचन समेत गर्दा अहिलेसम्म २९ जना मृत्यु भएको छ । नेपालमा भने ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार