Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना संक्रमणबाट युकेमा एक नेपालीकाे मृत्यु

    कोरोना संक्रमणबाट युकेमा एक नेपालीकाे मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 1.6K
    SHARES

    लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमणबाट एक नेपालीकाे मृत्यु भएकाे छ। रेडिङ शहरमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको ज्यान गएकाे हाे। रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले ‘रोयल बर्कशायर अस्पताल’मा उपचारकै क्रममा गत आइतबार साँझ उनको निधन भएको जानकारी दिए ।

    ढाडकै समस्याका लागि नियमित औषधि सेवन गर्दै आएका गुरुङलाई श्वासप्रश्वासमा अफ्ठेरो भएपछि अप्रिल १३ तारिख आइतबार अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा केही दिन उनलाई ‘भेन्टिलेटर’मा समेत राखिएको थियो । गुरुङको निधन भएको दुई दिनपछि अस्पतालले परिवारलाई उपलब्ध गराएको ‘रिपोर्ट’मा उनलाई निमोनिया र कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरिएको रेडिङ तमु समाजका अध्यक्ष गुरुङले जानकारी दिए ।



    विगत केही महिनादेखि ढाडको समस्या झेलिरहेका गुरुङको गत डिसेम्बर १० तारिखमा काठमाडौंको ‘ग्राण्डी अस्पताल’ मा अप्रेसन भएको थियो । झण्डै २ महिना आरामपछि फेब्रुअरी पहिलो साता उनी बेलायत फर्किएका थिए । यसअघि बेलायतमा डेढ दर्जन बढि नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार