Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • चार महिनापछि विद्यालय जाँदा चिनियाँ विद्यार्थीहरु खुसी

    चार महिनापछि विद्यालय जाँदा चिनियाँ विद्यार्थीहरु खुसी

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट शुरु भएको नोबेल कारोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विश्व नै यतिबेला आक्रांन्त बनेको छ ।

    विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघिसकेको छ । विश्व यस्ता भयावह अवस्थाबाट गुज्रिरहेका बेला कोरोनाको उद्मस्थल चीनमा भने विद्यालयहरु खुल्न थालिसकेका छन् ।



    सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका हुन् । सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन् ।



    महिनौँको बन्दपछि आज पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरु खुलेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    कोरोना भाइरसको महामारीका कारण यी शहरका विद्यालयहरु पनि बन्द गरिएको थियो । बेइजिङ र सांघाइसँगै चीनका प्रमुख शहरका विद्यालयहरु बन्द गरिएको थियो ।

    चीनमा कोरोना भाइरसको उत्पत्ति भएपछि त्यहाँ लामो समयसम्म लकडाउन गरिएको थियो । यही लकडाउनका कारण यहाँका अरु कार्यालहरुका साथै विद्यालय तथा विश्वविद्यालयहरु पनि बन्द गरिएको थियो ।
    तर अहिले पनि त्यहाँ यसको संक्रमणको उच्च सतर्कता अपनाइएको छ । यही उच्च सतर्कताका साथ चीनमा व्यावसाय तथा कार्यालयहरु विस्तारै खुला गर्न थालिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार