Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वीर अस्पतालको मेडिकल सामग्रीमा घोटाला प्रकरण अख्तियारमा

    वीर अस्पतालको मेडिकल सामग्रीमा घोटाला प्रकरण अख्तियारमा

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 3.5K
    SHARES

    काठमाडौं। वीर अस्पतालमा मेडिकल सामग्रीमा घोटाला भएको भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

    चीनबाट सुरू भई विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्ने मेडिकल सामग्रीमा घोटाला भएको समाचार बाहिरिएपछि स्वास्थ्य मन्त्रालयले १ अर्ब २६ करोड रुपैयाँको टेण्डर रद्द गरेसँगै वीर अस्पतालमा पनि सोही प्रकृतिको अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको हो।



    वीर अस्पतालमा विगत ५ बर्षदेखि खरिद एकाईकी प्रमुख रहेकी नर्स भगवती थपलिया, अहेव हिमालय तिवारी, डिल्ली आचार्य, विष्णु फुयाँलहरुको मिलेमतोमा स्वास्स्थ्य सामग्री खरिदमा अनियमितता भएको आरोप लागेको छ ।



    खरिद एकाई, स्टोर मेडिकल बोर्डका केही कर्मचारी र कम्प्युटर अपरेटर विष्णु घिमिरेको मिलेमतोमा देशमा लकडाउनको अवस्थामा पनि यो समूहले अनियमितता गर्ने छोडेको छैन ।

    स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने माक्स,सेनिटाइजर, गाउन, पन्जा(सर्जिकल ग्लप्स), पिपिई सेट, इन्फारेट थर्मोमिटर, आइसोलेसन बेड तयार गर्न आवश्यक सामान, औषधि र स्प्रे गर्ने मेसिन आफूनिकटका फर्मसँग महँगोमा किनेर यस्तो महामारीमा पनी जनताको र वीर अस्पतालका स्वास्थ्यकर्मीको स्वास्थ्यमाथि खेलवाड गरिरहेका छन् ।

    अस्पतालका एक स्वास्थ्यकर्मीले भने– अस्पतालमा भएको अनियमितताबिरुद्ध कोही बोल्न सक्दैनन् । क्यान्टिनमा बसेर भ्रष्टाचार भयो भन्छन् । बागबजारमा रहेको एउटा फर्मले पीपीई फुल सेट १ हजार ५ सय रुपैयाँमा दिन्छु भन्दा पनि भगवती थपलियाले निर्देशक र भिसीको पनि कुरै नसुनी आफूनिकट ठमेलमा रहेको फर्मसँग रेनकोट मात्र १ हजार ६ सय रुपैयाँमा किनेको स्रोत बताउँछ ।

    अन्य सामानहरु बिभिन्न ब्यापारीसँग कोटेशनमा लिई एउटा पीपीई सेट ६ हजार पुर्याइएको छ । थपलियाको समूहले आफूनिकटलाई सिलाउन दिएर ल्याउने गरेका छन् । ल्याइएका ती पीपीई सेट लगायतका सामग्री गुणस्तरहीन, च्यातिसकेको र पानी छिर्ने गरेको कर्मचारीहरु बताउँछन् ।

    साथै सुरक्षा सामग्री नदिई कर्मचारीहरूलाई काममा लगाइरहेका छन् । वीरको खरिद र स्टोरका कर्मचारी बिलमात्र बनाएर खान पल्केका छन् । वार्ड, आइसियु, ओटी लगायतमा ज्वरो नाप्ने गन छैन भने पिपिई नभई काम गर्नुपरेको कर्मचारीहरु बताउँछन् ।

    खरिद एकाईका एक कर्मचारी भन्छन्– यिनीहरु त महापापी रहेछन्, यस्तो बेलामा पनि कमिसनका भरमा मात्र काम गर्छन् । महामारीमा मानवजातिमाथि नै संकट पैदा भएको छ । तर वीरको खरिद र स्टोरका कर्मचारी महामारीमा पनि कमिसन खानै तल्लीन छन् । यो समुह त्यही हो गत असोज मा विना बिज्ञापन २५ जना नर्सलाई ठाडो नियुक्ति दिई रकम असुलेको थियो ।

    निर्देशकको मासिक खाजा खर्च मासिक ५ लाख रुपैयाँको बिल बनाएका थिए । यिनीहरुले यो भन्दा पहिले पनि आफूनिकट एजेन्सीसँग सामान खरीद गरी विवादित भएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार