Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बहराइनमा एकैदिन ७७ जना नेपालीमा कोरोना भाइरसकाे संक्रमण

    बहराइनमा एकैदिन ७७ जना नेपालीमा कोरोना भाइरसकाे संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ । बहराइनमा एकैदिन ७७ जना नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार उनीहरु चारवटा कम्पनीमा कार्यरत थिए ।

    ‘एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण देखिएको हो’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने,‘उनीहरुको स्वास्थ्य उपचार भइरहेको छ ।’



    उनले पछिल्लो तथ्याङले आफूलाई चिन्तित बनाएको बताए । योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ । बहराइनमा संक्रमितको सख्या भने १५४६ जना पुगेको छ । जसमध्ये १२४६ जना निको भइसकेका छन् । बहराइनमा अहिलेसम्म कोरोना स‌ंक्रमणबाट ८ जनाको मात्रै मृत्यु भइसकेको छ ।



    सुन्दासका अनुसार जोखिमपंर्ण मानिएको क्याम्ममा रहेका कामदारलाई नयाँ क्याम्पमा सार्ने काम भइरहेको छ । बहराइनमा झन्डै ३५ हजार नेपाली कार्यरत छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार