Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सांसद अपहरण प्रकरणः यादवले दिए मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । सांसद डा. यादवले आफूलाई अपहरण गरेको भन्दै आयोगमा उजुरी दिएका हुन् ।

यादवले नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध आयोगमा उजुरी दिएकाे बताए। बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् ।

उनीहरूले सांसद अपहरण काण्डपछिको विकसित घटनाक्रमका आधारमा आरोपीहरू र राज्यबाट जुनसुकै बेला जे पनि हुनसक्ने भन्दै जीवनरक्षा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले लिन अस्वीकार गरेको थियो । डा यादवले आफूलाई अपहरणको शैलीमा महोत्तरीबाट काठमाडौं ल्याएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077