Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कुवेतमा थप ११ नेपाली संक्रमित

    कुवेतमा थप ११ नेपाली संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ । कुवेतमा थप ११ जना कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् । कुवेतमा संक्रमित नेपालीको संख्या ७५ पुगेको छ ।

    कुवेतको स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको सार्वजनिक सूचनाअनुसार थप ११ जना नेपालीसहित ३ सय ५३ जनामा कोरोनाको संक्रमण देखिएको हो । उक्त देशमा हरेक दिनजसो नेपालीको संक्रमण बढ्दै गइरहेको छ ।



    हालसम्म ४ हजार ३ सय ५७ जना पुगेको छ । जसमा १६ सय २ जनालाई निको भएको छ । ३० जनाको मृत्यु भएको छ । ७० जनाको अवस्था जटिल छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार