Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा (भिडियाे सहित)

    नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा (भिडियाे सहित)

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । ६ वर्ष अघि उच्च शिक्षाका लागि अमेरिका पुगेका नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् ।

    जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै दिवेश टप १० मा प्रवेश गरेका हुन् ।



    अडिसनदेखि नै निर्णायकहरुको तारिफ पाउँदै आएका दिवेशलाई उपाधिकै एक दावेदारका रुपमा हेर्न थालिएको छ ।



    अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।

    टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन् ।

    सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका दिवेश यतिबेला संगीतमा व्यस्त छन् ।

    https://www.youtube.com/watch?time_continue=3&v=9Gz83cHPqgE&feature=emb_logo

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार