Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरोनाको त्रास : एसईई परीक्षा नै नलिन प्याब्सनको माग

काठमाडौं । विश्वभर नोबेल कोरोना (कोभिड–१९) को महामारी फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) नै नलिन आग्रह गरेको छ ।

कोभिड–१९ ले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार विज्ञप्तिमार्फत प्याब्सनले एसईईको ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ–‘विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न प्याब्सन केन्द्रीय कार्य समिति उपयुक्त ठहर गर्दछ ।’

प्याब्सनका अध्यक्ष टिकाराम पुरीद्धारा जारी विज्ञप्ति मार्फत २०७६ सालको एसईई परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुका लागि मात्र लागू हुने गरी विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न प्याब्सन केन्द्रीय उपसमितिले आग्रह गरेको छ ।

चैत पहिलो साताका लागि तय भएको एसईई परीक्षा नोवल कोरोना भाइरसका कारण अन्तिम समय स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077