Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एनआरएनएको आग्रह: मध्यपूर्वका नेपालीलाई तत्काल उद्धार गराैं

    एनआरएनएको आग्रह: मध्यपूर्वका नेपालीलाई तत्काल उद्धार गराैं

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरसको महामारीले मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीलाई तत्काल उद्धार गर्न आग्रह गरेको छ । लेबनान, इजराइल, साइप्रसलगात देशहरुमा नेपालीको संख्या उल्लेख रहेकाे महामारीबाट जाेगाउन नेपालीहरूलाइ तत्काल उद्दार गर्न एनआरएनए आग्रह गरेको हो ।

    सङ्घको मध्यपूर्व क्षेत्रले नेपाल सरकार परराष्ट्र मन्त्रालयको प्रत्यक्ष संलग्नतामा मध्यपूर्वमा रहेका नेपाली दूतावाससहित विभिन्न सामाजिक सङ्घसंस्थाको सहभागितामा विशेष समिति बनाएर काम गर्नसमेत अनुरोध गरेको छ ।



    सङ्घले कामबाट निकालिएका कामदारलाई तत्काल सेल्टरको व्यवस्था गर्न, रोजगारी गुमाएकालाई पुनः त्यही देशमा काम गर्न पाउने गरी व्यवस्था मिलाउन, स्वदेश फर्कन चाहनेलाई स्वदेश फर्काउन आग्रह गरेको हो ।



    मध्यपूर्वमा करिब २० लाख नेपाली रहेको एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक प्रवीन गुरुङले जानकारी दिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार