Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमओसी सकिएको १४ दिनभित्र मलेसिया छाड्न निर्देशन

    एमओसी सकिएको १४ दिनभित्र मलेसिया छाड्न निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ । जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका नेपालीसहित विदेशी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न निर्देशन जारी गरिएकाे छ। मलेसियाको अध्यागमन विभागले यस्ताे निर्देशन जारी गरेकाे हाे।

    मलेसियाले भिसासम्बन्धी लिइएको नयाँ नीतिबारे जानकारी दिँदै क्‍वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार त्यस्ता कामदारलाई सिधै टिकट काटेर आफ्नो देश जान अनुमति दिइएको छ ।



    मलेसियाको एमओसीमा आगामी मे १२ देखि सकिँदैछ । फिर्ता हुन चाहनेले अध्यागमन विभाग कार्यालयमा थप कागजात वा पास बनाउन आवश्यक नभएको दूतावासले जनाएको छ । उनीहरुले कुनै जरिवाना भने भुक्तानी गर्नुपर्ने छैन ।



    मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले डिसेम्बर ३१ भन्दा अगाडि भिसा समाप्त भइसकेका कामदारमाथि भने कारबाही हुने बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार