Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पत्रकार शीतल साहलाई दिएको धम्कीप्रति महासंघको आपत्ति

काठमाण्डाै। जनकपुरस्थित रेडियो जनकपुरका सञ्चालक शीतल साहलाई दिइएको भौतिक कारबाहीको धम्कीप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघ धनुषा शाखाका अनुसार प्रादेशिक प्रयोगशालामा भएको लापरबाही र अनियमिततासम्बन्धी रेडियो जनकपुरमा कार्यक्रम प्रसारण भएपछि वैशाख ३१ गते अस्पतालका कर्मचारी जुगल यादवसहितका तीनजनाको समूहले रेडियोको कार्यालयमै पुगेर सञ्चालक साहलाई भौतिक कारबाहीको धम्की दिएका थिए ।

धम्कीपछि महासंघका महासचिव रमेश बिष्टले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर पत्रकार साहलाई समाचारको विषयलाई लिएर प्रादेशिक अस्पताल जनकपुरका कर्मचारीले भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति आपत्ति जनाएका हुन् ।

प्रसारित समाचार सामग्रीप्रति चित नबुझे कानुनी उपचार खोज्न सकिने विकल्पलाई छाडेर पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताविरोधी कार्य भएको भन्दै महासंघले भनेको छ, “पत्रकार साहलाई दिइएको धम्कीको कडा भर्सर्ना गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर भई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077