Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘मलाई नालापानी–लिपुलेक हेर्न मन छ’ मा चर्चित कलाकारहरू

काठमाडौं । छिमेकी मुलुक भारतले पटक–पटक नेपालको सिमा मिच्दै आएको छ । त्यसमाथि अहिले त पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेको छ ।

यतिबेला सम्पूर्ण नेपालीहरु त्यसको खुलेरै बिरोधमा उत्रिएका छन् ।

यसै बिषयमा रहेर गायक अस्मिन घिमिरेले ‘मलाई नालापानी –लिपुलेक हेर्न मन छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

एकदमै समय सान्दर्भिक तथा देशभक्ती राष्ट्रिय गीतलाई गायक घिमिरेले लेखेका हुन् । कपिल घिमिरेको संगीत रहेको यस गीतलाई प्रकाश केसीले एरेन्ज गरेका हुन् ।

गीतमा चर्चित कलाकारहरु दीपकराज गिरि, दीपाश्री निरौला, सलोन बस्नेत, निर्मल शर्मा, शोभित बस्नेत, बद्रि पगेनी, जयकिसन बस्नेत, जहान्वी बस्नेत, अनुप भट्टराई, अर्जुन भुषाल, उत्सव अधिकारी, पुस्कर लामा, काब्य कार्की, दीपक राज पाठक, सुदिर नेपाल, कृष्ण भट्टराई र अस्मिन घिमिरेको अभिनय रहेको छ ।

रबि अधिकारीको कन्सेप्ट रहेको उक्त गीतको भिडियोलाई भोला सुबेदी (आर जे प्रनाप) ले निर्देशन तथा सम्पादन गरेका हुन् ।

राजिव बस्नेत र भोला सुबेदीको छायांकन गरेको यस गीतलाई उषा थापाले निर्माण गरेकी हुन् । सार्वजनिक भिडियो नमस्ते फिल्मी टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=SBlBZrDy5eY&lc=Ugw_qgbdKar5e6gKVYN4AaABAg%E0%A4%B2%E0%A4%95&fbclid=IwAR127SF512WtgmezihzaG-wePZSiOsSV10CZmN9b_GKUd4Oisg57Jq3EHlw

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077