Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपतिकाे सम्बाेधन : कोरोनामुक्त देश बनाउने सरकारको लक्ष्य

    राष्ट्रपतिकाे सम्बाेधन : कोरोनामुक्त देश बनाउने सरकारको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 1.8K
    SHARES

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको अबको कार्यदिशा स्वास्थ्य, शिक्षा हुने बताएकी छिन्।

    आथिर्क वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले नेपाललाई पहिलो कोरोनामुक्त देश बनाउने सरकारको लक्ष्य रहेको बताइन्।



    ‘कोभिड– १९ को संक्रमण प्रारम्भ भएलगत्तै नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक कार्यशैली एवं सबै नेपालीको एकता, धैर्य र सहयोगले अहिलेसम्म यस रोगको संक्रमणबाट नेपालभित्र सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौं । कोडिभ– १९ संक्रमण रोकथामक र नियन्त्रणका लागि नेपाल सरकारले चालेको कदममा सहयोग गर्नुभएकोमा सम्पूर्ण दिदीबहिनी दाजुभाइप्रति आभार व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले भनिन् ।



    उनले संक्रमणको परीक्षणलाई व्यापक बनाउदैँ औषधि, उपकरण र चिकित्सकलगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था तथा परिचालन गर्ने समेत बताइन्। महामारीबाट मुलुभित्र कुनै पनि ज्यान जान अवस्था आउन नदिन सरकार दृढताका साथ लागेको राष्ट्रपतिको भनाई छ।

    आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारका वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अहिले राष्ट्रपति भण्डारीबाट प्रस्तुत भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार