Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपालको नक्सा जारी गर्ने घोषणा

    लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपालको नक्सा जारी गर्ने घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा पनि जारी गरिने बताएकी छन् ।

    सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले नेपालको नक्सामा उक्त भूमि राखिने सरकारको नीति तथा कार्यक्रम मार्फत संसदबाट घोषणा गरेकी हुन ।



    सरकार सीमाको सुरक्षा सुदृढ गर्ने पनि कार्यक्रम रहेको छ । अन्तर्राष्ट्रिय सीमा निरीक्षण र रक्षा गर्न सरकार तयार रहेको भन्दै सरकारले नीति तथा कार्यक्रममा नै कालापानी क्षेत्रको विषय प्रवेश गरेको हो ।



    भारतले  लिपुलेकमा सडक निर्माण गरेको थियो । यी तीन क्षेत्रलाई समेटेल भारतले आफ्नो नक्सा पनि जारी गरेपछि नेपालमा  विरोध भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार