Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतीय नागरिकले आक्रमण प्रयास गरेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर

झापा। नाकामा रहेको नेपाली सुरक्षाकर्मीकाे अस्थायी पोस्टमा भारतीय नागरिकले आक्रमण प्रयास गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।

कचनकवल १ स्थित घेराबारीस्थित १२५ र १० नम्बरको सीमा पिलर नजिकै रहेका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो । शनिबार साँझ साढे ७ बजेको समयमा डेढदेखि दुई सय जना भारतीय नागरिकको जत्थाले नेपाली भूमिमा आएर सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गर्न खोजेका थिए ।

प्रहरीले गोली चलाएपछि उनीहरू त्यहाँबाट भागेका थिए।  केही दिनअघि नेपाली भूमिमा अन्नबाली लगाएका भारतीय नागरिकलाई नेपालका सुरक्षाकर्मीले सीमामै रोकेका थिए । सोही बिबादलाई लिएर उनीहरू फेरि आएको बताइएको छ।

नेपाल प्रहरीले उक्त बिषयलाई लिएर भारतीय सुरक्षाकर्मीलाई जानकारी गराएपछि भारतीय सीमा सुरक्षा बल  आएर भारतीयलाई रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077