Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लकडाउनमा सैनिक पोशाक लगाएर मोटरसाइकल चलाउँदै हिंड्नेबिरुद्द कारवाही

काठमाडौं। लकडाउनमा नेपाली सेनाको पोशाक लगाएर मोटरसाइकल चलाउँदै हिंड्ने बिरुद्द सेनाले कारवाही थालेको छ ।

सेनाको पोशाक लगाएर मोटरसाइकल चलाउँदै हिंडेका केही व्यक्तिलाई पक्राउ समेत गरिएको सेनाको भनाइ छ।

सैनिक पोशाक कताबाट ल्याए भन्ने छानविन गरेर कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले बताए।

सर्वसाधारणले नेपाली सेनाको पोशाक लगाएर सवारी चलाउन थालेको पाइएपछि राजधानीमा सैनिक प्रहरीले चेकजाँच सुरु गरेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077