Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • श्रमिक र विपन्न किसानलाई मासिक ५ हजार दिन कांग्रेस सांसदको माग

    श्रमिक र विपन्न किसानलाई मासिक ५ हजार दिन कांग्रेस सांसदको माग

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काम गुमाएका श्रमिक र विपन्न किसानलाई तीन महिनाका लागि मासिक ५ हजार दिने प्रस्ताव गरेका छन् ।

    मुलुकलाई रोग र भोकबाट जोगाउने गरी बजेट ल्याउन सांसद कार्कीले सुझाव दिंदै कार्कीले भने–‘रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई महिनाको ५ हजारका दरले तीन महिनाका लािग १५ हजार रुपैयाँ दिन प्रस्ताव गर्दछु ।’



    सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै कार्कीले यस्तो प्रस्ताव गरेका हुन् ।



    संसदमा बोल्दै कार्कीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको समस्या समाधान गर्न नसक्ने पनि आरोप लगाए ।

    कार्कीले भने–‘अहिलेको प्राथमिकता मानवसंकट, स्वास्थ्यउपचार, राहत र अर्थतन्त्रको पुनर्वहालीमा केन्द्रित हुनुपर्छ । तर यी कुरालाई नजरअन्दाज गरेर नीति तथा कार्यक्रम ल्याइएको छ, यसले थप विकराल अवस्था सिर्जना गर्न सक्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार