Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महामारीका बेला आकाशियो रासनको मूल्य

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण देशमा यतिबेला लकडाउन भइरहेको छ ।

कोरोनाका संक्रमण रोक्नका लागि सरकारले लकडाउन चैत ११ गतेदेखि नै लकडाउन जारी राखेको छ । यहि बीचमा नेपालमा कोरोनाका कारण २ जनाले ज्यान गुमाइसके भने ३०४ जना संक्रमित भइसकेका छन् ।

देशमा महामारी फैलिरहेका बेला खाद्य सामग्रीको मूल्य भने आकाशिएको छ । एकातिर काम गर्ने वातावरण नहुनु अर्कोतिर रासनको मूल्यबृद्धि हुँदा सामान्य आर्थिक अवस्था भएका परिवारलाई बाँच्न नै धौ–धौ पर्ने अवस्था आइसकेको छ भन्दा फरक नपर्ला ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिना (साउन–चैत) सम्मको आँकडाअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.६८ प्रतिशत पुगेको छ ।

यद्यपी यो अवधिमा १९ दिन मात्र लकडाउन परेको थियो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च देखिएको छ । यसअवधिमा गैरखाद्य तथा सेवासमूहतर्फ शिक्षा, स्वास्थ्य, लुगा तथा जुत्ता उपसमूहको मुल्यवृद्धि सामान्य देखिएको छ ।

यो अवधिमा औसतः मूल्यवृद्धि भने ६.७४ प्रतिशत रहेको छ । समग्र मूल्य वृद्धिदरलाई नियन्त्रणभित्र राख्न गैरखाद्य तथा सेवा समूहले सहयोग गरेको हो । यी समूहको मुद्रास्फीति ४.४८ प्रतिशत देखिएको छ ।

राजधानीमै ७.१९ प्रतिशत मूल्यबृद्धि
राष्ट्र बैङ्कका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ को चैतसम्म ४.७४ प्रतिशत रहेको मूल्यबृद्धि अहिले ७.१९ प्रतिशतको पुगेको छ ।

त्यसैगरी तराईमा ७.०४, पहाडमा ५.८४ र हिमालमा ४.८३ प्रतिशतको मूल्यवृद्धि भएको छ । गत वर्षको यहि अवधिमा यी क्षेत्रमा क्रमशः , ३.९५, ४.८० र ६.२० प्रतिशतको मूल्यवृद्धि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077