Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सार्वजनिक सेवा प्रवाहकाे विषयमा गृहमन्त्रालयले गर्‍यो यस्ताे निर्णय

काठमाडौं । सार्वजनिक सेवा प्रवाहका विषयमा गृह मन्त्रालयले विभिन्न निर्णय गरेको छ । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि लागू गरेको लकडाउनको समयमा सार्वजनिक सेवा प्रवाहका विषयमा मन्त्रालयले विभिन्न निर्णय गरेको हाे ।

मन्त्रालयका अनुसार बैंंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यालयले एक तिहाई कर्मचारीद्वारा सेवा प्रवाह गर्नुपर्ने जनाइएको छ।

त्यसैगरी अति आवश्यकीय सेवा प्रदान गर्ने सकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरुलाई आलोपालो मिलाई तोकिएको स्वास्थ्य सुरक्षासम्बनधी मापदण्डको अनुशरण गरी कार्यलय सञ्चालन गर्नुपर्ने जनाएको छ ।

सरकारबाट भएका निर्णयको पालना गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077