Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जागिर लगाइदिने बहानामा रकम लिँदालिँदै महाशाखाको फन्दामा परे नक्कली डिएसपी

    जागिर लगाइदिने बहानामा रकम लिँदालिँदै महाशाखाको फन्दामा परे नक्कली डिएसपी

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 3.9K
    SHARES

    काठमाडौं। महानगरिय अपराध महाशाखाले आफूलाई सशस्त्रको डिएसपी भन्दै बिभिन्न ब्यक्तिहरुलाई स्वास्थ्य मन्त्रालयको खरिदार , रिसेप्सनिष्ट, सहायक लेखापाल जस्ता पदमा जागिर लगाईदिने बहानामा ठगी गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरेको छ।

    महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलिले तारकेश्वर नगरपालिका वडा नं. ३ बस्ने बर्ष ४५ को राजकुमार चापागाईलाई पेप्सीकोलाबाट सम्झना केसी भट्टराईसंग एक लाख बिस हजार लिदै गर्दा पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दिपक थापाले वताए।



    एसएसपी थापाका अनुसार चापागाईले पीडितहरुलाई खरिदार पदको नक्कली परिचय पत्र समेत बनाई एक लाख पचासी हजार असुलेको समेत खुलेको छ ।



    महाशाखाको अनुसन्धानबाट खुलेका विवरणहरु

     १. मिति २०७२/०३/२४ गते निलिमा महर्जन र आकृती डंगोलसंग प्रतिव्यक्ति २ लाखको दरले जम्मा ४ लाख ठगी गरेको कसूरमा नख्खु         कारागारमा ४ बर्ष कैद भुक्तान गरेको ।

    २. बिभिन्न समयमा आफुलाई बिभिन्न उच्चपदस्थ अधिकारीहरुको पि.ए. भनी कारागार तथा CDO कार्यालयहरुमा फोन गरी कैदीहरुलाई  रिहा गर्न आदेश दिएको भन्ने बुझिएको ।

     ३. आफुलाई प्रहरीको उच्च अधिकृत हुँ भनी बिभिन्न ब्यक्तिहरुलाई धम्क्याउने गरेको ।

    ४. जिल्ला खोटाङ ऐसेलुखर्क बाकाचौल घर भएकी मुना पाण्डेलाई जागिर लगाई दिन्छु भनी पटक-पटक गरी रु. २,००,००० (दुई लाख) लिएको ।

    ५. आर्मि स्कुलमा बच्चा भर्ना गराई दिन्छु भनी प्रलोभन देखाउने गरेको ।

    ६. बिभिन्न ब्यक्तिहरुसंग सवारी चालक अनुमती पत्र बनाई दिन्छु भनी रकम ठग्ने गरेको ।

     बरामद  सामानहरुः

    १. निजको फोटो टाँसिएको राम बहादुर थापा नामको सशस्त्र प्रहरी नायव उपरीक्षकको नक्कली परिचय पत्र थान-१
    २. खरिदार पदको नक्कली परिचय पत्र थान-२
    ३. बा. ९० प ९५५५ नम्बरको कालो रङको स्कुटर थान-१ ४. Nokia मोबाईल थान-१ ५. सिमकार्ड थान -३
    ६. बिभिन्न ब्यक्तिहरुको पासपोर्ट साईजको फोटो भएको थान- १० ७. रु. १,२०,००० (एक लाख बिस हजार)

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार