Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • झाँक्री प्रकरणले अपराध महाशाखाका प्रमुखको सरुवा, नयाँ प्रमुखमा खापुङ

    झाँक्री प्रकरणले अपराध महाशाखाका प्रमुखको सरुवा, नयाँ प्रमुखमा खापुङ

    अनलाइन नेपाल
  • सोमबार, ३ फाल्गुन २०७७
  • 8.1K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्र कुँवेर खापुङको सरुवा भएको छ ।

    १० महिनासम्म महाशाखाको प्रमुख भएर काम गरेका एसएसपी दिपक थापाको ठाउँमा खापुङको सरुवा भएको छ ।



    स्रोतका अनुसार एसएसपी खापुङलाई गृह मन्त्रालयले काज सरुवा गरेको हो भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्णयबाट महाशाखा प्रमुख दिपक थापाको प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा भएको हो ।



    थापाको कार्यकालमा महाशाखाले ठूला घटनाहरुमा सफलता हात पारेको छ । त्यस्तै पुराना घटनाहरुको अनुसन्धान पनि सफलतापूर्व सम्पन्न भएका थिए ।

    नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न/नगर्न थापालाई ओली र प्रचण्ड समूहबाट ठूलो दबाब परेको थियो ।

    झाँक्रीलाई पक्राउ गर्नु भन्दा अगाडि नै एउटा समूहले मिडियामा प्रचारबाजी गरेपछि झाँक्रीलाई राहत मिलेको थियो भने ओली सरकारमाथि दबाब परेको थियो ।

    जसको कोपभाजनमा परेर अनुसन्धानमा राम्रो दख्खल भएका एसएसपी थापालाई १० महिनामै हेडक्वाटर तानिएको छ ।

    एसएसपी थापा र महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरी पालबीच पछिल्लो समय मनमुटाव बढेको थियो ।

    त्यसैगरी प्रदेश नम्बर १ प्रहरी कार्यालयमा कार्यरत एसएसपी मधुसुदन लुइँटेलको लुम्बिनी प्रदेश प्रहरी कार्यालय र बाग्मती प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी हरिराज वाग्लेको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार