Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सामाजिक सञ्जालमार्फत लाखाैं रूपैयाँ ठगी गर्ने २ जना पक्राउ

    सामाजिक सञ्जालमार्फत लाखाैं रूपैयाँ ठगी गर्ने २ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडाैं । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालकाे प्रयाेग गरी अनलाईन ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीकाे मर्चवारी गाउँपालिका-४ का २९ वर्षीय धर्मेन्द्र उपाध्याय र ४५ वर्षीय अनन्तकुमार उपाध्याय रहेका छन् ।

    उनीहरूले सामाजिक सञ्जाल इन्स्टाग्राम, ह्वाट्सएपको प्रयोग गरी १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको महाशाखाले जनाएको छ।



    उनीहरूले इन्स्टाग्राममा जेरी जेम्स नामक आइडी बनाएका थिए। त्यहाँबाट उनीहरूले विभिन्न मानिसहरूसँग जोडिने गर्थे। त्यसपछि ह्वाट्सएपमार्फत् कुरा गरी आफूहरू केमिकल इन्जिनयर हुँ भनेर चिनाउँथे।



    त्यसरी आफ्नो कम्पनी ७० वर्ष पुगेको अवसरमा एक जनालाई आइफोन ११ गिफ्ट पठादिने भन्दै प्रलोभन देखाउँथे। तर सामानको भन्सार बापत रकम पठाउनु पर्छ भन्दै विश्वासमा लिएको एसपी ईश्वर कार्कीले बताए।

    उनीहरूले पीडितलाई कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाडौंको विभिन्न व्यक्तिहरूको खातामा पटक-पटक गरी रकम जम्मा गराउन लगाएका थिए। त्यसरी १३ लाख ३९ हजार रकम जम्मा गर्न लगाइ ठगेका थिए।

    उनीहरूलाई प्रहरीले खोजतलास गरी रुपन्देहीबाट बुधबार पक्राउ गरेको थियो। उनीहरूमाथि थप अनुसन्धान गर्न शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार