Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कलंकीबाट मिति गुज्रेको स्नेकर र ट्याङसहित ओरियो बिस्कुट बरामद, सञ्चालक पक्राउ

    कलंकीबाट मिति गुज्रेको स्नेकर र ट्याङसहित ओरियो बिस्कुट बरामद, सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 3.4K
    SHARES

    काठमाडौँ । कलंकीस्थित लिंक मार्गबाट ठूलो परिणाममा मिति गुर्जेको स्नेकर, ट्याङ र ओरियो बिस्कुट बरामद भएकाे छ। महानगरीय अपराध महाशाखाले उक्त स्नेकर, ट्याङ र ओरियो बिस्कुट बरामद गरेको हाे ।

    महाशाखाका एसएसपी दीपक थापाले आइएन डिस्टिब्यूर्टसबाट मिति गुर्जेको सामान बरामद गरिएको बताए । उनका अनुसार वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय र अपराध महाशाखाको टोलीले ५ वटा कोठामा राखिएको सामानको मुचुल्का उठाउने काम गरिरहेको छ।



    आइएन डिस्टिब्यूर्टसका सञ्चालक रौनक गोत्रालाई समेत बाफलबाट पक्राउ गरिएको एसएसपी थापाले बताए । त्यस्तै आइएन डिस्टिब्यूर्टसका केही कामदारहरुलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



    आइएन डिस्टिब्यूर्टसले मिति गुर्जेको सामानमा नयाँ स्टिकर टाँस्दै बजारमा पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले सामानसँगै स्टिकर बनाउने मेसिन समेत बरामद गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार