Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • माल्टा पठाउने भन्दै ४९ लाख ठगी गरेर फरार रहेका राई अपराध महाशाखाको फन्दामा

    माल्टा पठाउने भन्दै ४९ लाख ठगी गरेर फरार रहेका राई अपराध महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 5.4K
    SHARES

    काठमाडौं। महानगरिय अपराध महाशाखाले बैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने गिरोहका एक नाइकेलाई पक्राउ गरेको छ ।

    महाशाखाको टोलीले माल्टा पठाउने नाममा ४८ लाख ९८ हजार ठरी गरेर फरार रहेका  सुरज राईलाई सुनसरीबाट पक्राउ गरी आबश्यक अनुसन्धानका लागि काठमाडौं परिसरमा पठाएको छ ।



    महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार राईको समुहले गोपाल आचार्यलगायतका व्यक्तिहरुबाट लाखौ असुलेर फरार भएको उजुरी परेपछि उनलाई खोजी गर्ने क्रममा सुनसरी प्रहरीसँग समन्वय गरी पक्राउ गरेको हो ।



    राईले दर्जनौ व्यक्तिहरुलाई ठगी गरेको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार