Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी कुट्ने चिनियाँ नागरिकलाई ५ हजार धरौटी

काठमाडौं । घर फिर्तीको माग गर्दै प्रदर्शनका बेला डिउटीमा रहेका प्रहरीलाई कुट्ने चिनियाँ नागरिकहरु छुटेका छन् ।

सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा २६ वैशाखमा उनीहरु पक्राउ परेका थिए ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज उनीहरुलाई पाँच हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

उनीहरु आजै छुटिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रदर्शनका बेला नियन्त्रण लिन खोज्दा चिनियाँ नागरिकले प्रहरीलाई कुटेका थिए । त्यसक्रममा सिंहदरबार प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत र एक जना प्रहरी जवान घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077