Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय

काठमाडौं । नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयनका लागि संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो ।

अहिले उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन।

सरकारले बुधबार भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको छ।

प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077