Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • कतारमा रहेका नेपालीलाई १ करोड ६० लाख बराबरको राहत, एनआरएनएको प्रशंसा

    कतारमा रहेका नेपालीलाई १ करोड ६० लाख बराबरको राहत, एनआरएनएको प्रशंसा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा  कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले राहत स्वरुप खाद्यन्न उपलब्ध गराएको छ ।

    कतारी सरकारले कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ  १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको एनआरएनए मध्यपुर्वका संयोजक प्रविन गुरुङले जानकारी दिए।



    कतारमा रहेका गुरुङका अनुसार उक्त खाद्यन्न कतार सरकारले गैरआवासीय नेपाली संघ कतार शाखालाई हस्तान्तरण गरेको छ ।  उक्त खाद्यन्न एनआरएनए कतारको सकृयतामा नेपाली श्रमिकलाई वितरण भइरहेको बताए ।



    कतारी सरकारले  एक च्यारिटी संस्थामार्फत ७ हजार प्याकेट खाद्यन्न एनआरएनएलाई दिएको हो । दोहास्थित नेपाली दूतासावासले पनि अवदेखि राहत वितरणको जिम्मा एनआरएनएलाई दिइएको जनाएको छ ।

    एनआरएनएले राहत खाद्य सामग्री संकलन तथा वितरणको विवरण सार्वजनिक गर्ने दूतावासले जनाएको छ । कतारमा अहिले करिव ३ लाख ५१ हजार ८ सय ७२ जना नेपालीले रोजगारी गर्दै आएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार